प्रधानमन्त्री प्रचण्ड चौथो पटक विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्ड चौथो पटक विश्वासको मत लिँदै


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते सोमबार विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन्।

जेठ ७ गते विश्वासको मत लिने विषयलाई संसदको कार्यसूचीमा राख्न प्रधानमन्त्री दाहालले संघीय संसद सचिवालयमा पत्र पठाएको सभामुखको सचिवालयले जनाएको छ। यस विषयमा प्रधानमन्त्री दाहालले सभामुख देवराज घिमिरेलाई जानकारी गराइसकेका छन्।

जनता समाजवादी पार्टी नेपालले २०८१ वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। प्रधानमन्त्री दाहालले चौथौ पटक विश्वासको मत लिन लागेका हुन्।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ।