सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी विश्वासको मत लिँदै

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी विश्वासको मत लिँदै


धनगढी ।

सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बिहान साढे १० बजे प्रदेशसभाको बैठक बोलाइएको छ।

उनले यसअघि दुई पटकसम्म विश्वासको मत लिने प्रयास गरेपनि सत्तारुढ दल नेकपा एमालेले विश्वासको मत नदिने अडान लिएका कारण बैठक स्थगित गरिएको थियो । यसपटक भने एमालेले पनि मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने निर्णय गरिसकेको छ।

नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारी संविधानको धारा १६८ (२) अनुसार ६ वैशाखमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी ९रञ्जिता पक्ष० र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

एमालेले विश्वासको मत दिने निर्णय गरेसँगै उनले विश्वासको मत पाउने निश्चित छ । ५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद छन्।