काठमाडौं । नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई ९ वर्ष कैद सजाय तोकिएको छ।
मंगलबार विशेष अदालका अध्यक्ष टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलास शर्माले ९ वर्ष कैद र २३ करोड २७ लाख ५८ हजार ७७ हजार जरिवाना असुल गर्ने फैसला सुनाएका हुन्।
पेमेन्ट गेटवे भ्रष्टाचार प्रकरणमा गत बैशाख ७ गते नै दोषि ठहरिएका पौडेललाई मंगलबार जरिवाना सुनाइएको हो। पौडेलसहित ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा चलाएको थियो। यस प्रकरणमा नेपाल सरकारका सचिव मधुकुमार मरासिनीले भने सफाइ पाइसकेका छन्।
पौडेलसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। पौडेलले प्रमाण नष्ट गर्न सक्ने ठहरसित त्यसबेलै उनलाई अदालतले थुनामा पठाएको थियो। उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो।
प्रतिक्रिया