पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज, संसद् भंग गर्न सिफारिस

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज, संसद् भंग गर्न सिफारिस


काठमाडौं, २१ चैत । पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज भएको छ । पाकिस्तानको नेशनल एसेम्बलीले उहाँविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेको हो । प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदानअघि नै नेशनल एसेम्बलीका उपसभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गर्नुभएको हो ।
अविश्वास प्रस्ताव खारेज भएसँगै प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधित गर्दै संसद् भङ्ग गर्दै चुनाव गराउनका लागि राष्ट्रिपतिलाई सिफारिस गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।
देशलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘देशविरुद्ध यति ठूलो षड्यन्त्र भइरहेको थियो र आज असफल भयो । चुनावको तयारी गर्न जनतालाई आग्रह गर्दछु ।’ यसअघि पाकिस्तानको नेशनल एसेम्बलीमा विपक्षको अविश्वास प्रस्तावलाई उपसभामुख कासिम खान सूरीले यो प्रस्तावले संविधानको धारा ५ को उल्लंघन गर्ने बताउनुभएको थियो ।