जापानकी विदेशमन्त्री योको काठमाडौँमा

जापानकी विदेशमन्त्री योको काठमाडौँमा


काठमाडौँ ।

जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौँ आइपुगेकी छन्। जापानी विदेशमन्त्री खामिखावा आइतबार बिहान काठमाडौँ आइपुगेकी हुन्।

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकरी दिएको छ। उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो। विदेशमन्त्री खामिखावा आजै भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ।