पूर्व प्रधानमन्त्री केपी ओली अष्ट्रेलिया आउँदै

पूर्व प्रधानमन्त्री केपी ओली अष्ट्रेलिया आउँदै


मेलबर्न, अष्ट्रेलिया । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आगामी अगस्टमा अन्तिम साता अष्ट्रेलिया भ्रमणमा आउने भएका छन्। प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका अध्यक्ष केशव जोशीले ओलीले लामो समय अगाडि देखि यहाँको रेल्वे सिस्टम लगायतको विषयमा अवलोकन गर्ने चाहना राखेकोमा यस पटक अगस्टमा भ्रमण तालिका बनाउन लागिएको बताए।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीको भ्रमणको तयारीका लागि मञ्चले प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेको नेतृत्वमा २३ सदस्यीय समिति समेत गठन गरिएको छ। 

जसको सदस्यहरूमा डा. विनोद श्रेष्ठ, शिशिर नेपाल, सिता केशी, विजय फुयाल, माधव शाह, भवानी ओली, राजन कुमार बस्नेत, राजु उपाध्याय, रमेश पौडेल, सन्तोष दाहाल, केशव जोशी, डा. जगदिश तिमिल्सेना, राम घिमिरे, बालगोपाल उपाध्याय, चिन नेपाली, प्रकाश पन्थी, होम नाथ निरौला , हेम खनाल, आशिम कोइराला, दिपक पहारी, नर वीर नेम्वाङ, भुवन पाण्डे, प्रकाश सेडाई, बिएन मण्डल, सुर्य मोहन शर्मा रहेका छन्। 

मञ्चका अन्तर्राष्ट्रिय उपाध्यक्ष पाण्डेले अष्ट्रेलियाको उच्च राजनीतिक नेतृत्वसँग समेत भेटघाटका लागि छलफलहरु अगाडि बढाइएको बताए। पूर्व प्रधानमन्त्री ओलीले सिड्नीमा नेपाली समुदायका अगुवा तथा अष्ट्रेलियामा विभिन्न क्षेत्रमा सफलता प्राप्त व्यक्तिहरूसँग भेटघाट गर्नेगरी तयारी थालिएको उनले बताए। उनले भोली शनिवार तयारी समितिको पहिलो बैठक बस्न लागेको बताए। पाण्डेले भ्रमणको विस्तृत विवरण छिट्टै सार्वजनिक गर्ने उनको भनाइ छ।

यसैबिच मञ्चको राष्ट्रिय कमिटीको हालै बसेको बैठकले रिक्त पदहरुमा समेत मनोनयन गरेको छ। मञ्चका प्रचार विभाग प्रमुख अशिम कोईरालाका अनुसार भिक्टोरियाका प्रकाश सेडाईलाई सचिवालय सदस्य तथा भिक्टोरियाको  ईन्चार्जको जिम्मेवारी प्रदान गरिएको छ। यसै गरी केन्द्रिय सदस्यमा अरुण गौतम, कृष्ण सापकोटा, द्रोण पन्त, दिक्पाल पंगेनी, श्याम पौडेल, यज्ञ रावल, र प्रेम दाहाललाई मनोनयन गरेको छ। भने न्यु साउथ वेल्स (एनएसडब्लु)को ईन्चार्जको जिम्मेवारी नर वीर नेम्वाङ्गलाई दिने निर्णय समेत भएको कोइरालाले बताए।