इलाम उपनिर्वाचनः १९ हजार मत गनीसक्दा रास्वपाका लिम्बूले पाए ११०० मत

इलाम उपनिर्वाचनः १९ हजार मत गनीसक्दा रास्वपाका लिम्बूले पाए ११०० मत


कामठाडौँ ।

इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुुहाङ नेम्बाङको अग्रता कायमै छ। पछिल्लो मत परिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले सात हजार ६ सय ७७ मत प्राप्त गरेका छन्।

नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले पाँच हजार तीन सय ९५ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ४५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बूले एक हजार एक सय ६२ मत प्राप्त गरेका छन्।

हालसम्म १९ हजार एक सय ८१ मत गणना भएको छ। सो क्रममा दुई सय ३३ मत बदर भएको छ। पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ। अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना सुरु भएको छ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन्।