इलाम-२ मा एमालेका सुहाङ एक हजार ९ सय मतले अगाडी, अन्य कसले कति पाए ?

इलाम-२ मा एमालेका सुहाङ एक हजार ९ सय मतले अगाडी, अन्य कसले कति पाए ?


काठमाडौँ ।

इलाम—२ को उपचुनावअन्तर्गत् जारी मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार ९ सय मतले अग्रता कायमै राखेका छन्। मतान्तर बढाउँदै लगेका नेम्वाङले फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ को गणना सकिँदा ७ हजार ३३ मत प्राप्त गरेका छन्।

उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार १ सय ९ मत ल्याएर पछ्याइरहेका छन्। एमाले र कांग्रेसका उम्मेदवारबीचको मतान्तर एक हजार ९ सय २४ छ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले तीन हजार ५ सय १३ मत प्राप्त गरेका छन्।

चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन योङहाङ लिम्बूले एक हजार १ सय २ मत पुर्‍याएका छन्। एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईले २ सय ३५ मत प्राप्त गरेका छन्।

इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।