वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको लक्ष्य


काठमाडौँ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पहिलो मैत्रिपूर्ण टी–२० प्रतियोगितामा नेपाललाई वेस्ट इन्डिज ‘ए’ ले २०५ रनको लक्ष्य दिएको छ । टस हारेर व्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित ओभरको खेल सकिँदा पाँच विकेटको क्षतिमा २०४ रनको योगफल बनायो ।

वेस्ट इन्डिज ‘ए’का लागि कप्तानरोस्टन चेजले सर्वाधिक रनको ७४ रनको पारि खेले । ४५ बलको सामना गरेका चेजले नौ चौका र दुई छक्कासहित ७४ रन बनाए । ओपनर एलिक अथानाजेले २५ बलमा पाँच चौका र तीन छक्कासहित ४७ रन बनाउँदा केसी कार्टीले ३८ रन,कडिम एलेयनेले १४ र एन्ड्रे फ्लेचेरले १३ रन जोडे ।

नेपालका कमलसिंह ऐरी, कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र अभिनाश बोहराले समान एक विकेट लिए । वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज नेपाली टिममा अनिलकुमार साह, विवेक यादव र कमलसिंह ऐरीले मौका पाएका छन।