अष्ट्रेलियामा ‘महाजात्रा’, कुन सहरमा कहिले हुँदैछ प्रदर्शन ?

अष्ट्रेलियामा ‘महाजात्रा’, कुन सहरमा कहिले हुँदैछ प्रदर्शन ?


मेलबर्न, अष्ट्रेलिया ।

फिल्म ‘महाजात्रा’ अष्ट्रेलियाका बिभिन्न सहरमा प्रदर्शन हुँदैछ। षट्कोण आर्टसले निर्माण गरेको ‘जात्रा’ शृङ्खलाको तेस्रो भाग ‘महाजात्रा’को अष्ट्रेलिया अधिकार पाएको एमएसएम इन्टरटेनमेन्टले अष्ट्रेलियएका विभिन्न सहरमा फिल्म महाजात्रालाई प्रर्दशनमा ल्याउन लागेको हो।

चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ मार्च २२ तारिख अष्ट्रेलियाको सिड्नी, क्वीन्सल्याण्ड, तास्मानिया, क्यानबेरा र एडिलेडमा प्रर्दशन हुने एमएसएम इन्टरटेनमेन्टका निर्देशक छत्र थापाले जानकारी दिए। अन्य सहरमा भने २२ तारिखपछि निरन्तर पदर्शन गरिने उनको भनाई छ।

उनका अनुसार फिल्म महाजात्रा सिड्नी, क्वीन्सल्याण्ड, तास्मानिया, क्यानबेरा र एडिलेडमा २२ मार्चमा प्रदर्शन गरिने छ भने भिक्टोरियामा २४ र पर्थमा २५ तारिख प्रदर्शन गरिने छ।

यस्तै तास्मानियाको होबार्टमा रहेको भिलेज सिनेमा ग्लोनर्कीमा २२ तारिख र लन्चेस्टनको स्टार थिएटर लन्चेस्टनमा मार्च २५ तारिख फल्म प्रर्दशन हुने उनले बताए। तास्मानियामा तास इभेन्ट तास्मानियाले फिल्मको प्रर्दशनको अधिकार पाएको पनि उनले जानकारी दिए।

फिल्म अष्ट्रेलिया वितरण्मा रोटपिङ इन्टरटेनमेन्टको पनि साथ रहेको छ।

महाजात्राको ब्रिजवेन प्रदर्शनको जिम्मा पाएका अमृत खत्रीले मार्च २२ तारिख हाउसफुल भएको जानकारी दिएका छन्। उनले केबीसी खबरसँग कुरा गर्दै भने, २२ तारिखको प्रदर्शनको सबै टिकट बिक्री भइसकेको छ। फिल्म महाजात्राको दोस्रो शो मार्च २५ तारिख हुने छ। २५ तारिखको टिकट पनि ७० प्रतिशत बिक्री भइसकेको छ। 

उनले फिल्म महाजात्राको ब्रिजवेनको दोस्रो ‘शो’को टिकट पनि सीमित भएकाले समयमै आफ्नो सिट सुरक्षित गर्न ब्रिजनवासी नेपाली फिल्मलाई माया गर्ने सबैलाई आग्रह गरेका छन्। 

भोलि चैत ९ गतेबाट फिल्म ‘महाजात्रा’ नेपालसहित विश्वका ४० देशका २ सय ५० सहरमा एकसाथ प्रदर्शन हुँदैछ। आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्।

फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ।