टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्यान्ड्सले जित्यो

टी–२० आई त्रिदेशीय सिरिजको उपाधि नेदरल्यान्ड्सले जित्यो


काठमाडौं ।

टी–२० आई त्रिदेशीय सिरिजको तेस्रो पटक उपाधि चुम्नबाट नेपाल पछि परेको छ। कीर्तिपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेदरल्यान्डस्ले ३ बल बाँकी छदै ६ विकेट गुमाएर लक्ष्य भेट्टायो।

फाइनल खेलमा नेपालका कुशल मल्लले सर्वाधिक ४ विकेट लिएपनि नेपाललाई उपाधि दिलाउन त्यो पर्याप्त भएन। मल्लले सुरुमा लेभिट र ओडाउटको पार्टनरसिप तोड्दै एकै ओभरमा दुई विकेट लिन सफल भएका थिए।

ओपनर द्वय माइकल लेभिट र म्याक्स ओडाउटको ८४ रनको पार्टनरसिप कुशल मल्लले नवौं ओभरमा पुगेर तोडे। १ सय ८५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डस्का म्याक्सो डाउटलाई नवौं ओभरको पहिलो बलमा कुशल मल्लले दिपेन्द्र सिंह ऐरिको हाटबाट क्याच गराए। २३ बलको सामना गरेका डाउटले २२ रन जोडे।

यस्तै,सोही ओभरको चौथो मल्लकै बलमा रोहितको हातबाट माइकल लेभिटलाई क्याच आउट गराए । २९ बलमा लेभिटले ६ चौका र ३ छक्का प्रहार गर्दै ५४ रन जोडेका थिए। यस्तै, पन्धौं ओभरको दोस्रो बलमा अविनाश बोहराले कुशल मल्लको हातबाट विक्रमजित सिंहलाई क्याच आउट गराए। २३ बलको सामना गरेका सिंहले व्यत्तिगत २९ रन जोडे। यस्तै, १६ औं ओभरको पहिलो बलमै दिपेन्द्र सिंह ऐरिले क्याप्टेन स्कट एडवार्डलाई २ रनमै आउट गराए।

अठारौं ओभरको पहिलो बलमै कुशल मल्लले अर्को महत्वपूर्ण विकेटका रुपमा एङ्गलव्रिचलाई ४८ रनमा आउट गराए। उनैले दोस्रो बलमै तेजा निदामन्दरुलाई २ रनमै सन्दिप जोराको हाटबाट क्याच आउट गराए।

टस जितेर पहिला व्याटिङ गरेको नेपालले ८ विकेट गुमाएर १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका लागि नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ४७ रनको योगदान गर्दा ३७ अर्का व्याट्सम्यान गुल्सन झाले ३४ रन जोडेका थिए। यस्तै, १९ बलको सामना गरेका क्याप्टेन रोहित पौडेलले २५ रन जोडेका थिए।