नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोज्यो नेपालले नेदरल्याण्ड्विरुद्ध बलिङ गर्ने

नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ रोज्यो नेपालले नेदरल्याण्ड्विरुद्ध बलिङ गर्ने


काठमाडौं ।

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेदरल्याण्ड्सले टस जितेर ब्याटिङ गर्ने निणर्य गरेको छ। नेदरल्याण्ड्सले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको छ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरुहुने छ। आज अनिल शाहको स्थानमा कुशल भुर्तेललाई टिममा समावेश गरिएको छ।

नेपालको प्लेइङ –११
रोहित पौडेल (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, प्रतिश जिसी,आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी,अविनाश बोहरा र गुल्सन झा।

जारी सिरिजको खेलमा नेदरल्याण्ड्स लगातार दुई खेलमा जित निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जित निकालेको छ । नेपाल फाइनल पुग्नका लागि आजको खेलमा नेदरल्याण्ड्सलाई हराउनै पर्ने दबाबमा छ। आजको खेलमा नेपाल विजयी हुने र आइतबार नेदरल्याण्ड्सले नामिबियालाई हराउँने हो भने नेपाल फाइनलमा पुग्ने छ।

नेपाल आफ्नो पहिलो खेलमा नामिबियासँग २० रनले पराजित हुँदा नेदरल्याण्ड्सँसग २ रनले पराजित भएको थियो। नेपाल र नेदरल्यान्ड्सबीच १० टी–२० आई खेल भएका छन्। जसमा नेपाल ४ खेलमा जित र ५ खेलमा पराजित भएको छ।