मार्च १ तारिख शुक्रबार मेलबर्नमा राज सिग्देलको एकल गजल गायन

मार्च १ तारिख शुक्रबार मेलबर्नमा राज सिग्देलको एकल गजल गायन


मेलबर्न, अष्ट्रेलिया ।

गायक राज सिग्देलको एकल गजल गायन मेलबर्नमा हुने भएको छ । चितवन समाज भिक्टोरियाको आयोजनामा हुन लागेको गजल साँझमा सिग्देलले आफ्ना हिट नम्बरका साथै चर्चित नेपाली र हिन्दी गजल समेत प्रस्तुत गर्ने भएका छन् । समाजका अध्यक्ष विपुल ज्ञवालीका अनुसार शुक्रबार १ मार्चमा कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रमको प्रकृति अनुसार १० वर्षभन्दा मुनीका बालबालिकालाई कार्यक्रममा समावेश नगरिएको र टिकटसँगै डिनर समावेश भएको उनले जानकारी दिए । केविसीखबरसँग कुरा गर्दै अध्यक्ष ज्ञवालीले कार्यक्रममा सहभागी हुन मेलबर्नवासीलाई आग्रह गरे । उनले प्रायोजकहरुलाई धन्यवाद पनि दिएका छन् ।

गायक राज सिग्देलले यसअघि ब्रिसबेन, पर्थमा आफ्नो प्रस्तुति दिइसकेका छन् भने यसपछि क्यानबेरा लगायतका शहरमा समेत उनको कार्यक्रम तय भएको छ । नेपाली गजल गायनमा ऊ जितेर गई या हारेर गई नतिजा आफैंतिर पारेर गई बोलको गीत मार्फत चम्किएका राज सिग्देल मुख्यत शास्त्रीय संगीतमा पारंगत छन् ।

उनका अन्य हिट गीतहरुमा यो त जाली शहर हो प्रिया, देउता छ कि छैन, गयो उमेर, म सराबी, म सराबी लगायत छन् । उनले यसअघि पनि अष्ट्रेलियामा आफ्नो सांगीतिक कार्यक्रम गरेका थिए भने यससँगै बेलायत, अमेरिकामा पनि प्रस्तुति दिएका छन् ।