ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’

ग्लोबल आइएमडीबीको ५० औं नम्बरमा ‘१२ वी फेल’


मुम्बई ।

भारतीय अभिनेता विक्रान्त मेसी मेधा शंकर स्टारर फिल्म ‘१२ वी फेल’ एकपटक पुनः चर्चामा छ। थिएटरमा सुपरहिट भएको यो फिल्मले ओटीटीमा दर्शकको उत्तिकै मन जितिरहेको छ। अब यो फिल्मले ग्लोबल आईएमडीबीको उत्कृष्ट २५० को सूचीमा आफूलाई सूचीतकृत गरेको छ। यो फिल्म ५० औं नम्बरमा छ।

यो सूचीमा ‘ओपेनहाइमर’, ‘स्पाइडरमेनः एक्रस द स्पाइडर वर्स’, ‘ग्लेडिएटर’, ‘द लायन किंग’, ‘टॉय स्टोरी’ जस्ता हलिउड फिल्म छन्।

केवल २० करोडमा निर्माण भएको यो फिल्मले ६६ दशमलब ५५ करोड कमाई गरेर सुपरहिट साबित भएको थियो। फिल्मको कथा र कलाकारको अभिनयले जोकोही दर्शक प्रभावित भएका थिए। निर्देशकको निर्माण कम्पनीले सामाजिक सञ्जालमार्फत ‘१२ वी फेल’कोे सफलताको खुशी बाँडेका छन्।

‘१२ वी फेल’ ती लाखौं विद्यार्थीको संघर्ष र मेहनतको कथा हो, जो यूपीएससीको परीक्षामा सारा सपना लिएर बस्छन्। यो फिल्मको कथा चम्बलमा बस्ने आइपीएस अफिसर मनोज शर्माको सत्यकथा हो, जो गाउँमा हुर्कन्छन्–बढ्छन्, र केही कारणले उनी १२ मा फेल हुन्छन्। अचानक उनको जीवनमा एक यस्तो ‘यूटर्न’ आउँछ, र उनी आइपीएस बन्ने सपना देख्छन्। यसपछि निकै लामो संघर्षपछि उनले यो सफलता पाउँछन्। (नवभारत टाइम्स)