यू–१९ एसिया कपः भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट

यू–१९ एसिया कपः भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट


काठमाडौँ ।

संयुक्त अरब इमिरेट्स (युएई) मा जारीे एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भारतसामु जितका लागि सामान्य लक्ष्य प्रस्तुत गरेको छ। नेपालले भारतलाई जितका लागि ५३ रनको सामान्य लक्ष्य दिएको छ।

युएईको दुबइस्थित आइसिसी एकेडेमी ओभल–२ मैदानमा टस हारेपछि नेपालले पहिला ब्याटिङ गरेको थियो। खेलको आरम्भदेखि नै नेपालले भारतसामु निकै दबाबमा ब्याटिङ गरेको थियो। नेपालका कुनै पनि खेलाडीले खुलेर ब्याटिङ गर्न सकेनन्। नेपालले २२ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ५२ रन मात्र बनायो। नेपालका लागि कुनै पनि ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

नेपालका लागि हेमन्त धामीले आठ, दीपक बोहोराले सात, दीपेश कँडेलले चार तथा आकाश चन्दले अविजित चार रन।

नेपाली पारीलाई न्यून स्कोरमा समेट्ने क्रममा भारतका राज लिमबानीले सात विकेट लिए। उनले नौ दशमलव एक ओभर बलिङ गर्ने क्रममा तीन मेडन राख्दै मात्र १३ रन खर्चिए। यस्तै आराध्य शुक्लाले दुई तथा अरसिन कुलकर्नीले एक विकेट लिए। भारतल अहिले जवाफी ब्याटिङ गरिरहेको छ।