काठमाडौं ।
स्पेनिस ला लिगमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ। शनिबार राति भएको खेलमा ग्रानडालाई २-० गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो।
रियल र जियोनाको समान ३८ अंक भएको छ। गोल अन्तरका आधारमा रियल शीर्ष स्थानमा रहेको छ। रियलसँग पराजित भएको ग्रानडा भने पुछारबाट दोस्रो स्थानमा छ। ब्रहिम रियाजले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। उनले टोनी क्रुसको पासमा गोल गरेका थिए।
५७ औं मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दोब्बर बनाए त्यसले जित पक्का गर्यो। ला लिगाको अर्को खेलमा जिरोनाले भ्यालेन्सियालाई २–१ गोल अन्तरले पराजित गरेको छ। यसैगरी बिलबाओले भालोकानेलाई ४–० गोल अन्तरले पराजित गर्दै ओसासुना र रियल सोसिडाडले भने एक एक गोलको बराबरी खेलेका छन्।
प्रतिक्रिया