काठमाडौं ।
युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले नेपाल सरकारले मूलपानी, विराटनगर र भरतपुरमा क्रिकेट खेलको लागि स्टेडियम निर्माण गर्ने निर्णय गरेको बताएका छन्।
आज सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिप २०२३ को समारोहमा सम्बोधन गर्दै उनले स्टेडियम निर्माणलाई राष्ट्रिय गौरवका योजनाहरु भित्र समावेश गरिएका भन्दै यसबाट नेपालको खेल स्तर अझै बढ्ने विश्वास लिएको बताए।
उनले भने, ‘अहिले नेपाल सरकारले मूलपानी, विराटनगर र भरतपुरमा खेलको लागि स्टेडियम निर्माण गर्ने निर्णय गरिसकेको छ। त्यो स्टेडियम राष्ट्रिय गौरवका योजनाहरु भित्र समावेश गरिएका छन्। त्यो सम्पन्न भएपश्चात नेपालको खेल स्तर पनि बढ्ने छ। यसबाट नै पर्यटन, आर्थिक सुधारको साथै देश समृद्धिको बाटोमा जाने विश्वास लिएको छु।’
उनले खेल क्षेत्रको विकास र प्रवद्र्धनको साथै नेपाली खेलाडीहरुको खेलको स्तर, सेवार सुविधा वृद्धि गरेर अगाडि बढाउने कुरामा सरकार प्रतिवद्ध रहेको भन्दै मन्त्रीको पदमा रहेर आफूले गर्न सक्ने सबै काम गर्ने प्रतिबद्धता पनिजनाएका छन् ।
विभिन्न देशबीचको प्रतिस्पर्धा, प्रतियोगिताबाट नेपाली खेलाडीहरुलाई नयाँ विषय सिक्ने अवसर प्राप्त हुने उल्लेख गर्दै त्यसको लागिनिरन्तर यस्ता खेलहरुको खाँचो रहेको पनि उनको भनाई छ।
प्रतिक्रिया