काठमाडौं ।
अस्ट्रेलियाविरुद्धको टी २० क्रिकेट सिरिज भारतले १ खेल अगावै जितेको छ। चौथो टी–२० मा अष्ट्रेलियालाई २० रनले पराजित गर्दै भारतले पाँच खेलको टी–२० सिरिजमा ३–१ को अग्रता लिएको हो।
रायपुरको शहीद वीरनारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। पहिले ब्याटिङ गरेको भारतले १७४ रन बनाएको थियो। जवाफमा कङ्गारु टोली १५४ रनमा समेटिएको थियो र खेलसँगै शृङ्खला पनि गुमायो।
भारतले अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ। यो जितसँगै भारतले सिरिज पनि जितेको छ। पाँच खेलको टी–२० सिरिजमा भारतले ३–१ को अग्रता लिएको छ। सिरिजको पाँचौं र अन्तिम खेल ३ डिसेम्बरमा बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ। यस खेलमा अष्ट्रेलियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो र पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १७४ रन बनाएको थियो। जवाफमा अष्ट्रेलियाले सात विकेट गुमाएर १५४ रन मात्र बनाउन सके र खेल २० रनले पराजित भयो।
भारतका लागि रिंकु सिंहले सर्वाधिक ४६ रन बनाए। यशस्वी जैसवालले ३७ र जितेश शर्माले ३५ र रुतुराज गायकवाड ३२ रन रनको योगदान दिए। अष्ट्रेलियाका लागि बेन डावरिसले ३ तथा तनवीर संघा र जेसन बेहरेनडर्फले २-२ विकेट लिए। एरोन हार्डीले एक विकेट लिए। यस खेलमा टीम इन्डियाले अन्तिम दुई ओभरमा १३ रन मात्र बनाउन सक्यो।
त्यतिबेला पाँच विकेट गुमाएको थियो। जसका कारण भारतको स्कोर २०० रनको नजिक पुग्न सकेन। अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले सर्वाधिक अविजित ३६ रन बनाए। ट्राभिस हेडले ३१ र म्याथ्यु सर्टले २२ रनको योगदान दिए। बेन म्याकडर्मोट र टिम डेभिडले समान १९–१९ रनको योगदान दिए।
भारतको जितमा स्पिन बलरको सबैभन्दा धेरै योगदान थियो। अस्ट्रेलियाको पहिलो चार विकेट भारतीय स्पिनरले लिएका थिए। अक्षर पटेलले तीन र दीपक चाहरले दुई विकेट लिए। रवि बिश्नोई र आवेश खानले एक–एक विकेट लिए।
प्रतिक्रिया