भारतीय क्रिकेट टिमको प्रशिक्षकमा राहुल द्रविडलाई निरन्तरता

भारतीय क्रिकेट टिमको प्रशिक्षकमा राहुल द्रविडलाई निरन्तरता


काठमाडौँ ।

भारतको राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा राहुल द्रविडले निरन्तरता पाउने भएका छन्। भारतीय क्रिकेट बोर्डले उनको करार अनिश्चित कालका लागि लम्ब्याउने निर्णय गरेको हो। द्रविडको करार सम्झौता एक दिवसीय विश्वकपसम्मलाई मात्र रहेको थियो।

द्रविडले कम्तीमा २०२४ को जूनमा हुने टी–२० विश्वकपसम्म टिम सम्हाल्नेछन्। उक्त विश्वकपमा भारतले गर्ने प्रदर्शनका आधारमा थप निर्णय लिइने बताइएको छ।

सन् २०२१ को नोभेम्बरमा द्रविड दुई वर्षका लागि भारतीय टीमको प्रमुख प्रशिक्षक नियुक्त भएका थिए। उनको प्रशिक्षणमा भारतले उल्लेख्य सफलता हासिल गरेको छ। भारत एकै पटक टेस्ट, एक दिवसीय र टि–२० को उच्च वरियतामा समेत पुगेको थियो।

बीसीसीआइले द्रविडलाई सम्झौता अवधि लम्ब्याउने प्रस्ताव गरेकोमा द्रविडले स्वीकार गरेका छन्।