भारतीय कप्तान रोहित टी-२० बाट टाढा

भारतीय कप्तान रोहित टी-२० बाट टाढा


काठमाडौं ।

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले अब टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छैनन्। बीसीसीआई स्रोतका अनुसार रोहित शर्माले एकदिवसीय विश्वकपअघि टी–२० ढाँचाको बारेमा आफ्नो भविष्यका बारेमा छलफल गरेका छन्।

रोहित शर्माले नोभेम्बर २०२२ मा भएको टी–२० विश्वकप २०२२ बाट भारत बाहिरिएपछि एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छैनन्। हार्दिक पाण्ड्याले अधिकांश समय टोलीको नेतृत्व गरेका छन्। ३६ वर्षीय रोहित शर्माले १४८ टी–२० अन्तर्राष्ट्रिय खेलमा चार शतकसहित ३ हजार ८ सय ५३ रन बनाएका छन्।

भारतमा रोहित शर्मा बाहेक चार ओपनर शुभमन गिल, यशस्वी जैसवाल, इशान किशन र रुतुराज गायकवाड छन्। यी चार खेलाडीले आइपिएलमा आफूलाई प्रमाणित गरेका छन्। यदि युवा पुस्ताले प्रदर्शन गर्न सकेन भने बीसीसीआईले टी २० विश्वकपका लागि रोहितलाई आफ्नो निर्णय बदल्न आग्रह गर्न पनि सक्छ। रोहित शर्मा आफ्नो करियरको त्यो चरणमा छन् जहाँ उनी आफ्नो कार्यभार व्यवस्थापनमा ध्यान केन्द्रित गर्दै चोटमुक्त रहन चाहन्छन्।

रोहित शर्मालाई हरेक वर्ष तीनवटै ढाँचा र आईपीएल खेल्न गाह्रो छ। भारतले डिसेम्बर २०२३ देखि मार्च २०२४ सम्म सातवटा टेस्ट खेल्नुपर्नेछ। भारतीय कप्तानले रातो बलको क्रिकेटमा बढी ध्यान दिने भएका छन्। उनीसँग भारतलाई अर्को विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पु¥याउने मौका छ । सन् २०१९ देखि टेस्ट फर्म्याटमा रोहित शर्माको प्रदर्शन राम्रो छ।