काठमाडौं ।
आइसीसी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल पछि भारत र अस्ट्रेलिया टी-२० क्रिकेटमा आज आमने सामने हुदै छन्। भारत र अष्ट्रेलियाबीचको टी–२० सिरिजको पहिलो खेल विशाखापट्टनममा बेलुका हुदै छ।
२०२३ को विश्वकपको फाइनलपछि दुवै टोली एकअर्काको विरुद्धमा मैदान उत्रन लागेका हुन्। टी-२० का लागि भारतले सूर्यकुमार यादवलाई कप्तान बनाएको छ। भारतीय टोलीले अधिकांश नयाँ खेलाडीलाई लिएर मैदान उत्रनेछ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज खेल अवधिभर पानी पर्ने सम्भावना छ। बिहीबार विशाखापट्टनममा ६० प्रतिशत पानी पर्ने सम्भावना छ। यदि टस अघि पानी पर्यो भने, खेल सुरु हुन ढिलाइ हुन सक्छ। खेल नेपाली समय अनुसार राति सवा ७ बजे सुरुहुनेछ।
यस खेलको प्लेइङ इलेभेनमा टिम इन्डियाले यशस्वी जैसवाल र इशान किशनलाई मौका दिन सक्छ। तिलक वर्मा, रिंकु सिंह र अक्षर पटेललाई पनि मौका मिल्न सक्छ। फास्ट बलर अर्शदीप सिंह र प्रसिद कृष्णले स्थान पाउन सक्नेछन्। दुवैले अहिलेसम्म राम्रो प्रदर्शन गरेका छन्।
भारतीय टोलीः इशान किशन (विकेटकीपर), यशस्वी जैसवाल, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, शिवम दुबे, रिंकु सिंह, अक्षर पटेल, रवि बिश्नोई, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण, मुकेश कुमार, वाशिंगटन सुन्दर, आवेश खान, ऋतुराज गायकवााड र जितेश शर्मा।
अष्ट्रेलिया टोलीः ट्राभिस हेड, म्याथ्यू सर्ट, स्टिभन स्मिथ, जोस इन्ग्लिस, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेभिड, म्याथ्यू वेड (विकेटकिपर-कप्तान), सिन एबोट, एडम जाम्पा, नाथन एलिस, जेसन बेहरेनडोर्फ, तनवीर संघा, केन रिचर्डसन र आरोन हार्डी।
प्रतिक्रिया