काठमाडौँ ।
विश्वकप फुटबलको एसियाली छनोट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग खेल्दैछ। समूह एच अन्तर्गत नेपालले अवे म्याचको रुपमा यूएईसँग खेल्न लागेको हो।
खेल नेपाली समय अनुसार राति साढे ९ बजे हुनेछ। प्रि–म्याच कन्फरेन्समा नेपालका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले यूएई बलियो टिम भएपनि आफुहरु नडराएको बताएका छन्।
नेपालले चोटका कारण भरपर्दा डिफेन्डर अनन्त तामाङलाई भने यो खेलमा गुमाउने छ।
विश्वकप छनोटको पहिलो चरणमा लाओसविरुद्ध गोल गर्दै नेपालका लागि १३ गोलको कीर्तिमान बराबरी गरेका विष्टसँग नेपालका लागि सर्वाधिक गोलको कीर्तिमान बनाउने अवसर आजको खेलमा हुनेछ।
प्रतिक्रिया