विश्वकप छनोटः यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

विश्वकप छनोटः यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य


काठमाडौँ ।

नेपालले आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईले नेपालसमक्ष १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ३४ रन जोडेको हो।

युएईले सुरुवाती तीन ओभरमै २९ रन बनाएको थियो। तर चौथो ओभरमा सोमपालले एक रन आउटसहित दुई विकेट लिएपछि नेपाल खेलमा फर्किएको थियो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक ३ विकेट लिए । तीन ओभरमा १० रन मात्रै खर्चिएर ३ विकेट लिएका हुन्। त्यस्तै सन्दीप लामिछानेले, सर्वाधिक २ विकेट लिए उनले चार ओभरमा १४ रन मात्रै खर्चिएर एक मेडनसहित २ विकेट लिए । त्यस्तै रोहित पौडेलले एक विकेट लिए।

नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । घाइते दीपेन्द्रसिंह ऐरी खेल्दा सन्दीप जोरा बेन्चमा छन्। विजेता टोली २०२४ को टि२० विश्वकप खेल्न पाउनेछ।

युएईका लागि भृत्य अरविन्दले अर्धशकीय पारी खेले । कप्तान मोह्मद वासिमले २६, आशिफ खानले १३, अलिशान शाराफुले १६ रन जोडे।