टिएनसिए ‘जुनियर ब्लास्टर २०२३’ नोभेम्बर ४ बाट

टिएनसिए ‘जुनियर ब्लास्टर २०२३’ नोभेम्बर ४ बाट


होबार्ट, अष्ट्रेलिया ।

तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसिए) को जुनियर ब्लास्टर कार्यक्रमको दोस्रो श्रंखला नोभेम्बर ४ बाट सुरु हुने भएको छ। शनिबार कर्नेलियन बे क्रिकेट मैदानमा बिहान ९ बजेबाट हुने जुनियर ब्लास्टरका खेल ८ हप्ता चल्ने टिएनसिएका अध्यक्ष कमल भण्डारीले जानकारी दिए। 

दक्ष प्रशिक्षकद्वारा अहिले १२ जना बालबालिकालाई प्रशिक्षण गराइने अध्यक्ष भण्डारीले केबीसीलाई बताए। जुनियर ब्लास्टरको यस प्रशिक्षणमा १५ जना नेपाली बालबालिकालाई समावेश गर्ने लक्ष्य भएपनि हाल १२ बालबालिका प्रशिक्षणमा सहभागी हुने उनले बताए। 

सहभागी बालबालिकालाई प्रशिक्षक द्वय कमल भण्डारी, मोहम्मद वासी खान, मिलन पौडेल, सुमन पौडेल, विकास सेढाई, बिश्वास बर्देवा, प्रकाश थापा, हृदय भट्टराई, एलिजा पंगेनी र आशिष घिमिरेले प्रशिक्षण दिने छन्। सबै प्रशिक्षक  टिएनसिएमा आवद्ध तास्मानियाका ७ क्रिकेट क्लबका खेलाडीहरु रहेको उनको भनाइ छ।  जुनियर ब्लास्टर कार्यक्रमको संयोजन मिलन पौडेलले गरेका छन्।

तास्मानियमा हुर्किँदै गरेको पछिल्लो पुस्तालाई क्रिकेटको साधारण ज्ञान, शारीरिक मानसिक स्वास्थ्यका साथै नेपाली बालबालिकाबीच आपसी भावनाको विकाश होस भन्ने उदेश्यका लागि जुनियर ब्लास्टर कार्यक्रमको सुरुवात गरेको उनले बताए। बालबालिकासँगै नेपाली अभिभावकबिच पनि चिनजान हुनेमा अध्यक्ष भण्डारी विश्वस्त रहेका छन्। 

ग्रेस इन्टरनेस्नल एजुकेसन एण्ड माइग्रेसन टाइटल स्पोन्सर रहेको जुनियर ब्लास्टर कार्यक्रमलाई क्रिकेट अष्ट्रेलियाको पनि सहकार्य गरेको छ। दशै सुपर सिक्स, टि–२०, जुनियर बलास्ट, महिला क्रिकेट प्रतियोगिता, असहायका लागि क्रिकेट प्रतियोगिता, जुनियर बलास्ट र महिला क्रिकेट प्रतियोगिता टिएनसिएको वार्षिक क्यालेण्डरमा समावेश छन्। 

टिएनसिएले तास्मानियमा विभिन्न क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको छ। खेलको माध्यमबाट टिएनसिए यहाँ रहेका नेपाली संघ–सस्थासँग सहकार्य गर्दै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको छ।