आईसीसी टी–२० विश्वकप एसिया छनोट : आज कूल चार खेल हुने,नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै

आईसीसी टी–२० विश्वकप एसिया छनोट : आज कूल चार खेल हुने,नेपाल र मलेसिया प्रतिस्पर्धा गर्दै


काठमाडौँ ।

आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत समूह ‘ए’को दोस्रो खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ। सोमबारदेखि नेपालमा सुरु भएकोटी–२० विश्वकप एसिया छनोट अन्तर्गत पहिलो खेलमा सिंगापुरविरुद्ध सहज जित निकालेको नेपालले मलेसियालाई हराएर सेमिफाइनल पुग्ने दाउमा छ।

नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा १ बजे कीर्तिपुरस्थित त्रिविअन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ। आजै समूह ‘ए’अन्तर्गत ओमान र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ। खेल बिहान ९ बजे टीयू मैदानमै सुरु हुनेछ। यस्तै समूह ‘बी’अन्तर्गत बहराइन र हङकङबीचको खेल बिहान ९ बजे तथा यूएई र कुवेतबीचको खेल दिउँसो सवा १ बजे मुलपानी मैदानमा सुरु हुनेछ।

समुह चरण ए अन्र्तगतका आज हुने दुई खेलमा यदि ओमान र नेपाल दुवै विजयी भएमा समूहको अन्तिम खेलअघि नै सेमिफाइनलमा दुवै टोलीले स्थान पक्का गर्नेछन्।

८ टोली सहभागी छनोटमा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् भने सेमिफाइनल पुग्ने दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुन्छन्।