कामठाडौँ ।
यस बर्षको बालोन डो अरको अवार्ड लियोनेल मेस्सीले जितेका छन्। फ्रान्स फुटबलले प्रदान गर्ने ‘बालोन डी ओर’ अवार्डको मंगलबार पेरिसमा आयोजित घोषणा समारोहमा अर्जेन्टिनी कप्तान लियोनल मेसी विजेता चुनिएका हुन्।
अर्जेन्टिनालाई विश्वकप जिताएका मेस्सीले म्यानचेस्टर सिटीका इर्लिंग हालाण्ड र पिएसजीका किलीयन एम्बाप्पेलाई पछि पार्दै यो अवार्ड जितेका हुन्। हाल्यान्डले दोस्रो स्थान हुँदा पेरिस सेन्ट जर्मन (पीएसजी) का एमबाप्पे तेस्रो भए।
महलिा तर्फ स्पेनकी मिडफिल्डर आइताना बोनमातीले पहिलो पटक उपाधि जितेकी छन्।
मेसीले’बालोन डी ओर’ अवार्ड यसअघि २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा जितेका थिए। मेसीपछि यो अवार्ड पाँच पटक क्रिस्टियानो रोनाल्डोले जितेका छन्। रोनाल्डोले २००८, २०१३, २०१४, २०१६ र २०१७ मा जितेका थिए।
हरेक वर्ष प्रदान गरिने यो अवार्ड वर्षको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिने गरिएको छ।
प्रतिक्रिया