काठमाडौँ ।
टी–२० विश्वकप फाइनल एसिया छनोटमा सिंगापुरले नेपालसामु १ सय ४६ रनको लक्ष्य दिएको छ। समुह चरणको ए मा रहेका नेपाल र सिंगापुरबिचको पहिलो खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरेको थियो।
जारी खेलमा राम्रो सुरुवात गरेपनि सिंगापुरले निर्धारित समयमा ९ विकेटको क्षेतीमा १ सय ४५ रन मात्रै बनायो। सिंगापुरको व्याटिङलाई दबाबमा राख्न नेपालका लागिअविनास बोहराले सर्वाधिक ३ विकेट लिए।
सन्दीप लामिछाने,करण केसी, गुल्सन कुमार झाले समान २–२ विकेटको योगदान गरे। सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक४६ रन,आर्यवीर चौधरीले ३५ रन, मनप्रित सिंहले २४ रनको योगदान गरे।
एसिया छनोटमा एसियाका आठ देश सहभागी खेलमा चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट विजेता दुई टोली सेमिफाइनल पुग्नेछन्।
प्रतिक्रिया