काठमाडौँ ।
आइसिसी टि–२० विश्वकप एसिया फाइनल छनोटमा सिंगापुरले टस जितेको छ। टियु क्रिकेट मैदानमा सिंगापुरका कप्तान अरित्र दत्तले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। नेपालले टस हारेपछि फिल्डिङको निम्तो पाएको हो।
खेलमा नेपालको कप्तानी रोहित पौडेल र सिंगापुरको अरित्र दत्तले गरेका छन्। नेपालले त्रिकोणात्मक टि–२० आई सिरिजको फाइनलबाट टोलीमा एक परिवर्तन गरेको छ। स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किएपछि ललित राजवंशी बेञ्चमा बसेका छन्।
प्रतिक्रिया