विश्व कप क्रिकेट : नेदरल्याण्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित

विश्व कप क्रिकेट : नेदरल्याण्ड्समाथि अस्ट्रेलियाको कीर्तिमानी जित


काठमाडौँ । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अहिलेसम्मकै ठूलो अन्तरको कीर्तिमानी जित निकालेको छ।

बुधबार भएको खेलमा नेदरल्यान्ड्स ३ सय ९ रनले पराजित गर्दै अष्ट्रेलियाले उक्त कीर्तिमानी जित निकालेको हो। यसअघि सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाले नै अफगानिस्तानलाई २ सय ७५ रनले हराएको थियो। जितका लागि ४ सय रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा अलआउट भयो। उसले जम्मा ९० रन मात्र जोड्यो।

यो खेलमा अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिए। त्यस्तै, मिचेल मार्सले २ तथा मिचेल स्टार्क, जोस हेजलउड र प्याट कमिन्सले समान एक–एक विकेट लिए। नेदरल्यान्ड्सका विक्रमाजित सिंहले सर्वाधिक २५ रन बनाए।

त्यसअघि ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकमा अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९९ रन बनाएको थियो। म्याक्सवेलले विश्व कप इतिहासमा सबैभन्दा छिटो ४० बलमा शतक बनाए। उनले ४४ बलमा १ सय ६ रन जोडे। अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले पनि शतकीय पारी खेले।