नेपालले यूएईलाई ५ विकेटले हरायो

नेपालले यूएईलाई ५ विकेटले हरायो


काठमाडौँ ।

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई ५ विकेटले हराएको छ। यूएईले दिएको १ सय ६५ रनको लक्ष्य नेपालले ओभरमा विकेट गुमाएर भेटायो।

टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले ७ विकेट गुमाएर १६४ रन बनाएको थियो। यूएईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ६४ रन बनायो। उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५र४५ रनको योगदान दिए। त्यस्तै आसिफ खानले १८ रन बनाए।

बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुईरदुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एकरएक विकेट लिए।

शृङ्खलामा नेपाल लिग चरणको अन्तिम खेल अगावै फाइनल प्रवेश गरिसकेको छ। नेपालले यसअघि यूएईलाई सात विकेटले, दोस्रो खेलमा हङकङलाई ६ विकेटले र तेस्रो खेलमा नेपालले पुनः हङकङलाई ७९ रनले हराएको थियो।

टी–२०विश्वकप छनोटको तयारी स्वरुप आयोजित शृङ्खलामा नेपाल, यूएई र हङकङ प्रतिस्पर्धा गरिरहेका छन्।