मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने

मिस युनिभर्समा नेपालकी जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्ने


काठमाडौँ ।

एल साल्भाडोरमा आगामी नोभेम्बर १८ मा हुने मिस युनिभर्समा नेपालका तर्फबाट जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाक सहित शान्तिको सन्देश दिएकी छन्।

मिस युनिभर्सको विश्वव्यापी प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै उनले राष्ट्रिय पोशाक सहित विश्व शान्तिको कामना पनि गर्ने उमङ्ग क्रियसनले बुधबार आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको हो।

विभिन्न देशकाबीच युद्ध भइरहेका बेला शान्तिका अग्रदूत गौतम बुद्धको देश नेपालबाट प्रतिनिधित्व गर्ने सुन्दरीले राष्ट्रिय पोशाकसहित शान्तिको सन्देश प्रवाह गर्न लागेका आयोजक संस्थाका निर्देशक उद्धव अधिकारीले जानकारी दिए।