काठमाडौँ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका बलरद्वय सन्दीप लामिछाने र सागर ढकाल १९ औँ एसियन गेम्सका लागि आज चीन प्रस्थान गरेका छन्।
अदालतमा मुद्दा विचाराधिन रहेकाका कारण सन्दीप नेपाली टिमसँगै चीन गएका थिएनन्। यता ललित राजवंशी घाइतेपछि टिममा स्थान पाएका सागर पनि सन्दीपसँगै चीन गएका हुन्।
उनीहरु मध्यान्ह १२ बजे चीन प्रस्थान गरेका छन्।
एसियन गेम्समा नेपालले बुधबार मंगोलिया र आगामी आइतबार माल्दिभ्ससँग खेल्ने तालिका रहेको छ।
प्रतिक्रिया