काठमाडौँ ।
चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा भारतले महिला क्रिकेटको उपाधि जितेको छ। सोमबार भएको फाइनल खेलमा भारतले श्रीलंकालाई १९ रनले पराजित गर्दै उपाधि जितेको हो।
टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले पूरा ओभर खेल्दै ८ विकेट गुमाएर ९७ रनमात्र बनायो।
महिला क्रिकेटको तेस्रो स्थान भने बंगलादेशले सुरक्षित गरेको छ। सोमबार नै तेस्रो स्थानका लागि भएको खेलमा बंगलादेशले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो।
प्रतिक्रिया