मुम्बई ।
शाहरुख खानको फिल्म जवान पहिलो दुई दिनमै १०० करोडको क्लबमा सामेल भएको छ। बक्स अफिस ट्रयाकर सचनिल्कको प्रारम्भिक तथ्याङ्क अनुसार जवानले दोस्रो दिन ५३ करोड भारु कमाएको छ, त्यसपछि भारतमा फिल्मको कलेक्सन १२७.५० करोड भारतीय रुपैयाँ बराबर पुगेको छ। ५३ करोड मध्ये ४७ करोड हिन्दी भाषाको छ। तर, यो आंकडा पनि ५० करोड भारतीय रुपैयाँ हुनसक्ने अनुमान छ।
कमाईको कुरा गर्ने हो भने जवानले पहिलो दिन ७४.५ करोड भारतीय रूपैयाँ कमाएको थियो, जसमध्ये फिल्मले हिन्दीमा ६५.५ करोड, तमिलमा ५.३ करोड र तेलुगुमा ३.७ करोड कमाएको थियो। यो कमाईसँगै बलिउड फिल्म उद्योगमा अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने पहिलो हिन्दी फिल्मसमेत बनेको छ।
शाहरुख खानको जवानमा नयनतारा, विजय सेतुपति, सान्या मल्होत्रा, प्रियामणी, योगी बाबु, सुनील ग्रोवर र रिद्धि डोगरा महत्वपूर्ण भूमिकामा छन्। जहाँ दीपिका पादुकोण र सञ्जय दत्तको जबरदस्त क्यामियो देखिएका छन्।
प्रतिक्रिया