यी हुन् अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने श्रेष्ठ

यी हुन् अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गर्ने श्रेष्ठ


काठमाडौँ ।

‘अस्ट्रेलिया पठाइदिन्छु’ भन्दै रकम ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

भक्तपुरको थिमी घर भइ हाल काठमाडौँको सामाखुसी बस्ने ५० वर्षीय केशरी श्रेष्ठले आशामाया लामालाई वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेकी थिइन्।

उनले आशामाया लामालाई अष्ट्रेलिया जान २० लाख लाग्ने, त्यहाँ पुगेपछि होटलमा काम गरेबापत मासिक तीन लाख तलब पाइने लोभ देखाएर श्रेष्ठले नौ लाख ठगी गरेको प्रहरीले जनाएको छ।

पैसा लिएर सम्पर्कविहीन भएपछि पीडितले वैदेशिक रोजगार विभागमा निवेदन दिएकी थिइन्। विभागले उनको खोजीका लागि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्राचार गरेपछि प्रहरीले उनलाई सामाखुसीबाट पक्राउ गरेको हो।

श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।