काठमाडौँ ।
नेपाल र म्यानमारबीच शुक्रबार भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुङ्गिएको छ।
म्यानमारमा भएको उक्त मैत्रीपूर्ण खेलमा दुवै टोलीले खेलको निर्धारित समयसम्म गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो।
नेपालका अञ्जन विष्टले पेनाल्टी अवसरलाई गुमाए। उनले खेलको दोस्रो हाफमा पाएको पेनाल्टी अवसरलाई सदुययोग गर्न सकेनन्।
खेलको ५८औँ मिनेटमा अञ्जनकै प्रहारलाई म्यानमारका खेलाडीले हातले रोकेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसमा अञ्जन गोल गर्नबाट चुके।
अर्को महिना लाओस विरुद्ध हुने विश्वकप तथा एसिया कप छनोट प्रतियोगिताको तयारी स्वरुप नेपाल म्यानमार पुगेको हो। अब नेपालले आफ्नो दोस्रो यही भदौ २५ गते म्यानमारसँग खेल्नेछ।
प्रतिक्रिया