काठमाडौँ । राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्काले नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय सचिवमा उम्मेदवारी दिने भएका छन्। आउँदो ५ र ६ असोजमा हुने क्यानको केन्द्रीय अधिवेशनमा पारसले सचिव पदमा उम्मेदवारी दिने भएका हुन्।
बागमती अध्यक्षमा निर्वाचित भएका खड्काले केन्द्रीय सचिवमा उम्मेदवारी दिन आन्तरिक तयारी थालेका छन्। क्यानको विधानअनुसार प्रदेश वा जिल्लाको पदाधिकारीले केन्द्रीय कार्यसमिति र पदाधिकारीमा चुनाव लड्न पाउने प्रावधान रहेको छ।
खड्काले अध्यक्ष उम्मेदवारी दिने भनिएता पनि हाललाई उनी सचिवमा उम्मेदवारी दिन लागेका छन्। उनले अध्यक्षमा चतुरबहादुर चन्दलाई सहयोग गर्ने बताइएको छ। चन्द अध्यक्ष र पारस सचिव हुने गरी प्यानल उम्मेदवारी दिने तयारी छ।’क्यानमा अध्यक्षपछिको प्रभावकारी पदका रुपमा सचिवलाई लिइन्छ। सचिवले प्रवक्ताको भूमिका पनि पाउँछन्।
चन्द कांग्रेस नेता पनि हुन् ।
प्रतिक्रिया