काठमाडौँ ।
पहिलो पटक एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाएको नेपालले भारतविरुद्धको खेलमा छैटौँ विकेट गुमाएको छ। ३१ दशमलव ५ ओभरमा एक सय ४४ रन बनाउँदा नेपालले छैटौँ विकेट गुमाएको हो।
श्रीलङ्काको पालेकेले इन्टरनेसल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले छैटौँ विकेटका रुपमा गुल्सन झालाई गुमाएको हो। गुल्सनले ३५ बलमा तीन चौकाको मद्दतमा २३ रन जोड्दै भारतका मोहम्मद सिराजको बलमा आउट भएका हुन्।
नेपालले यसअघि कुशल भुर्तेल, भीम सार्की, कप्तान रोहित पौडेल र कुशल मल्ललाई गुमाएको थियो। कुशलले ३८ रन बनाए भने भीमले सात, रोहितले ५ तथा कुशलले दुई रन जोडेका थिए। त्यस्तै आशिफ शेखले सर्वाधिक ५८ रन जोड्दै आउट भएका थिए।
प्रतिक्रिया