Logo

स्विट्जरल्यान्डले दियो १ लाख ४४ हजार डोज कोरोनाविरुद्धको खोप



काठमाडौं, २५ कात्तिक । नेपाललाई स्विट्जरल्यान्ड सरकारले १ लाख ४४ हजार डोज कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ । कोभिड–१९विरुद्धको एस्ट्राजेनेका खोप स्वीजरल्यान्डले बिहीबार नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेललाई नेपालका लागि स्विट्जरल्यान्डका राजदूत एलिजाबेथ भोन क्यापलरले खोप हस्तान्तरण गर्नुभयो । स्विट्जरल्यान्डले नेपाललाई कोरोनाविरुद्धको खोपसहित पीसीआर परीक्षण किट, भेन्टिलेटर, अक्सिजन कन्सन्ट्रेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्दै आएको छ ।