श्रीलङ्कामा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो

श्रीलङ्कामा भारी वर्षाका कारण मृत्यु हुनेको संख्या ११ पुग्यो


काठमाडौं, २३ कात्तिक । श्रीलंकामा परेको भारी वर्षाका कारण ११ जनाको मृत्यु भएको छ । बाढीमा ७ हजार मानिस प्रभावित भएका छन् । विपद् व्यवस्थापन केन्द्रले विगत २४ घण्टाभित्र पश्चिम मध्य श्रीलङ्काको केगालेमा सबैभन्दा बढी मृत्यु भएको जनाएको छ ।
आगामी दिनमा अझै वर्षा र हावाहुरी चल्ने सम्भावना रहेकाले मौसम विभागले सोमबार विभिन्न क्षेत्रमा ‘रेड अलर्ट’ जारी गरेको थियो । साथै राजधानी कोलम्बोसहित १० जिल्लामा पहिरो जानसक्ने चेतावनी पनि जारी गरिएको थियो । मङ्गलबार बिहानसम्म ७ हजार मानिस प्रभावित भएको र ७९६ घरमा आंशिक क्षति पुगेको विपद् व्यवस्थापन केन्द्र (डीएमसी)का उपनिर्देशक प्रदीप कोडिपिलीले जानकारी दिएका छन् । श्रीलङ्काको नौसेनाले मौसमसम्बन्धी प्रकोपको अवस्थामा खोज र उद्धार कार्यका लागि बाढी प्रभावित क्षेत्रमा राहत टोली खटाएको जनाएको छ ।