सेरालियोनमा तेल ट्यांकर विस्फोट, ९१ जनाको मृत्यु, १०० भन्दा बढी घाइते

सेरालियोनमा तेल ट्यांकर विस्फोट, ९१ जनाको मृत्यु, १०० भन्दा बढी घाइते


काठमाडौं, २० कात्तिक । अफ्रिकी मुलुक सेरालियोनको राजधानी फ्रीटाउनमा तेल बोकेको ट्यांकर ठोक्किएर विस्फोट हुँदा कम्तीमा ९१ जनाको मृत्यु भएको छ । घटनामा १०० भन्दा धेरै घाइते भएका छन् । सरकारी अधिकारीहरुले मृतकको संख्या अझै बढी हुन सक्ने आँकलन गरेका छन् । घाइतेहरूलाई अहिले नजिकका अस्पतालमा भर्ना गरिएको छ । कार्यवाहक स्वास्थ्यमन्त्री अमरा जम्बाइका अनुसार १०० भन्दा धेरै घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
दुर्घटना निकै डरलाग्दो भएको अधिकारीहरूले जनाएका छन् । साथै राष्ट्रपति जुलियस माडा बायोले घटनाप्रति दुःख व्यक्त गर्दै आफू पीडितको साथमा रहेको प्रतिक्रिया दिएका छन् । उनले पीडित परिवारलाई जतिसक्दो सहयोग गर्ने बताएका छन् ।