कोरोना संक्रमितको संख्या घट्दै, नौ जिल्लामा मात्र पाँच सय भन्दा बढी

कोरोना संक्रमितको संख्या घट्दै, नौ जिल्लामा मात्र पाँच सय भन्दा बढी


काठमाडौं, असोज ५ गते । कोरोना विरुद्वको खोप अभियानले तीब्रता पाईरहेको बेला पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । मंंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँचसय जनाभन्दा माथि कोरोना संक्रमित भएका जिल्ला नौ वटा मात्र रहेका छन् । सोही अनुसार तीनवटा प्रदेशमा कुनै पनि जिल्लामा पाँचसय भन्दा बढी संक्रमित छैनन् ।

पाँचसय भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लाहरुमा प्रदेश १ का मोरङ,सुनसरी र झापा ,बाग्मती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर छन् ।त्यस्तै  गण्डकी प्रदेशको कास्की तथा लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला रहेका छन् । प्रदेश २, कर्णाली र सुदुरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा पाँच सय भन्दा बढी कोरोना संक्रमित नरहेको मन्त्रालयले जनाएको छ ।

यस्तै दुई सय भन्दा कम कोरोना संक्रमित भएका जिल्लाहरु ३९ वटा रहेका छन् । दुई सय देखि पाँच सय बीचमा कोरोना संक्रमित भएका जिल्लाहरु भने ३८ रहेका छन् ।

पछिल्ला दिनमा निको हुनेको संख्या पनि बढ्दै गएको छ । मंंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोना संक्रमित हुनेको संख्या एक हजार ३६ रहेको छ भने निको हुनेको संख्या एक हजार ८ सय ३० रहेको छ ।