चीनद्वारा १६ लाख मात्रा भेरोसेल खोप हस्तान्तरण

चीनद्वारा १६ लाख मात्रा भेरोसेल खोप हस्तान्तरण


काठमाडौं, १७ कात्तिक । नेपाललाई चीनले १६ लाख मात्रा भेरोसेल खोप हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ याञ्छीले स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले नेपाल–चीन सम्बन्धमा नयाँ इँटा थपिएको बताउनुभयो । खतिवडाले चीन सरकार र राजदूत होउ यान्छीलाई धन्यवाद दिनुभएको थियो ।
चीनबाट हालसम्म पटक पटक गरी ३४ लाख डोज खोप अनुदानमा आएको छ भने कोभ्याक्स कस्ट सेयरिङ अन्तर्गत ५९ लाख डोज खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ भने अरू आउने प्रक्रियामा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।