Logo

अफगानिस्तानको काबुलमा आत्मघाती विस्फोट, १९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते



काठमाडौं, १६ कात्तिक । अफगानिस्तानको राजधानी काबुलस्थितसैनिक अस्पताल नजिकै भएको बम विष्फोटमा १९ जनाको मृत्यु भएको छ । विस्फोटमा ५० जनाभन्दा बढी घाइते भएका छन् ।
आक्रमणकारीले सैनिक अस्पतालको गेट नजिकै विस्फोट गराएपछि अस्पताल परिसरमा प्रवेश गरी केही राउन्ड गोली चलाएको तालिबान स्रोतले जनाएको छ । अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जामा लिएपछि सैनिक कार्यालयलाई लक्षित गरिएको जस्तो देखिने यो आक्रमणको कुनै समूह वा दलले जिम्मेवारी लिएको छैन ।
अफगानिस्तानमा २० वर्षसम्म अमेरिकी सैन्य गठबन्धनसँग लडेको तालिबान समूहले सत्ता कब्जा लिएपछि देशमा राजनैतिक स्थायित्वका लागि प्रयासरत देखिएको छ तर द्वन्द्वको शान्तिपूर्ण निकास पहिल्याउन कठिनाइ पर्नै देखिएको छ ।