हावाहुरीका कारण भिक्टोरियाका ३ लाखभन्दा बढी घर विजुलीविहीन !

हावाहुरीका कारण भिक्टोरियाका ३ लाखभन्दा बढी घर विजुलीविहीन !


मेलबर्न, अष्ट्रेलिया ।


अष्ट्रेलियाको भिक्टोरिया राज्यका तीन लाखभन्दा बढी घरहरुमा विद्युत आपूर्ति रोकिएको छ । हावाहुरीका कारण रुखहरु ढलेका छन् भने विद्युतका पोलहरुमा समेत क्षति भएका कारण उक्त संख्यामा घरका बासिन्दाहरुले विजुलीविहीन बन्नुपरेको हो । आज विहान शक्तिशाली हुरी तथा पानीका कारण राज्यका कतिपय क्षेत्र प्रभावित बनेका थिए ।

राज्यको आपतकालीन सेवाले करिब ६ सय ९ फोन प्राप्त गरेको र यी सबै हावाहुरी र यसको क्षतिसँग सम्बन्धित भएको जनाएको छ

मौसम विभागले दक्षिणी भिक्टोरियामा आज विहान मौसम चेतावनी जारी गरेको थियो । हावाको गति १ सय १९ किलोमिटर प्रतिघण्टासम्म रहेको छ । माउन्ट विलियममा विहान १ सय ४३ किलोमिटर प्रतिघण्टा हावाको गति मापन गरिएको थियो । मेट्रो ट्रेनको लिकमा रुख ढलेका कारण क्रेनबर्न र पाकेनम क्षेत्रमा बस सञ्चालन गरिएको छ ।

मेलबर्नवासीले देखेको आज विहानका केही दृश्यहरु