Logo

१२ वर्ष माथिकालाई कात्तिक २८ गतेदेखि कोरोनाविरुद्धको खोप



काठमाडौं, ८ कात्तिक । नेपालका १२ वर्षभन्दा माथिल्लो उमेर समूहका बालबालिकाले यही कात्तिक २८ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् । सरकारले कोभ्याक्स सुविधामार्फत प्राप्त गरेको कोरोनाविरुद्धको फाइजर खोप कात्तिक २८ गतेदेखि लगाउन सुरु गर्ने भएको हो । अमेरिकाबाट सोमबार नेपालले प्राप्त गरेको १ लाख ६ हजार मात्रा फाइजर खोप १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै अन्य दीर्घरोगीले समेत फाइजर खोप पाउने भएका छन् । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशभरका २४ अस्पतालबाट फाइजर खोप दिइने बताउनुभएको छ । काठमाडौं उपत्यकाका ९ अस्पतालबाट यो खोप दिइने तय भएको छ ।