नेपालमा ५ सय ५७ जना कोरोना संक्रमित थपिए

नेपालमा ५ सय ५७ जना कोरोना संक्रमित थपिए


काठमाडौं, ७ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट गरिएको परीक्षणमा ५ सय २२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरी ७ हजार ६ सय २५ जनाको नमुना परीक्षण गरिएको थियो ।

योसहित पीसीआर विधिबाट गरेको परीक्षणमा आठ लाख नौ हजार ५६ जना र एन्टिजेन विधिबाट गरेको परीक्षणमा ९४ हजार १५ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ८ सय ७७ जनासहित कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको छ । यही अवधिमा तीन जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।

अहिले मुलुकभर १० हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये २ सय ७३ जनाको आईसीयू र ८५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।