काठमाडौंमा कोरोना संक्रमण घट्दै, पाँच वडामा शून्य संक्रमित !

काठमाडौंमा कोरोना संक्रमण घट्दै, पाँच वडामा शून्य संक्रमित !


काठमाडौं, ६ कात्तिक । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या घट्दै गएको छ । अहिले देशभर १० हजार ९ सय ४६ जना कोरोनाका सक्रिय संक्रमित रहेकोमा काठमाडौं महानगरपालिकामा १ हजार ७२ जना रहेको महानगरपालिकाले जनाएको छ । त्यस्तै, भक्तपुरमा ५६१ र ललितपुरमा ६१४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी संक्रमित रहेको जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र कास्की रहेका छन् ।
दुई सयभन्दा बढी संक्रमित रहेको जिल्ला सुनसरी, मोरङ, झापा, धनुषा, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, नवलपरासी पूर्व, बाग्लुङ, स्याङ्जा, रुपन्देही, दाङ, बाँके र कैलाली हुन् । मस्ताङ र मुगुमा भने सक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, देशको राजधानी रहेको काठमाडौं महानगरपालिकाका पाँच वडा शून्य सक्रिय संक्रमित भएका छन् । काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको वडागत विवरणमा वडा १९, २१, २२, २३, २४ मा शून्य सक्रिय संक्रमित छन् ।
यस्तै, वडा नम्बर १ मा १६ जना, वडा नम्बर २ मा ३५ जना, वडा नम्बर ३ मा २६ जना, वडा नम्बर ४ मा ५४ जना, वडा नम्बर ५ मा ९ जना, वडा नम्बर ६ मा १७ जना, वडा नम्बर ७ मा २९ जना, वडा नम्बर ८ मा दुई जना, वडा नम्बर ९ मा २३२ जना र वडा नम्बर १० मा १०२ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै वडा नम्बर ११ मा १०२ जना, वडा नम्बर १२ मा छ जना, वडा नम्बर १३ मा ९३ जना, वडा नम्बर १४ मा छ जना, वडा नम्बर १५ मा २५ जना, वडा नम्बर १६ मा ४० जना, वडा नम्बर १७ मा नौ जना, वडा नम्बर १८ मा एक जना, वडा नम्बर १९ मा शून्य र वडा नम्बर २० मा तीन जना सक्रिय सङ्क्रमित रहेको महानगरले जनाएको छ ।
त्यस्तै वडा नम्बर २५ मा दुई जना, वडा नम्बर २६ मा २३ जना, वडा नम्बर २७ मा चार जना, वडा नम्बर २८ मा छ जना, वडा नम्बर २९ मा ३८ जना, वडा नम्बर ३० मा दुई जना, वडा नम्बर ३१ मा ३९ जना र वडा नम्बर ३२ मा १५१ जना सक्रिय संक्रमित रहेको महानगरले जनाएको छ ।