५१३ जना कोरोना संक्रमित थपिँदा ८ जनाको मृत्यु

५१३ जना कोरोना संक्रमित थपिँदा ८ जनाको मृत्यु


काठमाडौ, ६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको ६ हजार ९ सय ३१ जनाको पिसीआर र एन्टिजेन परीक्षणमा ५ सय १३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९७२ जनाको पिसीआर परीक्षण गर्दा ४ सय ३८ र १ हजार ९५९ जनाको एन्टीजेन परीक्षण गर्दा ७५ जनामा संक्रमण पुष्टि भएको हो ।
शनिबार देशभर ८ सय १७ संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । देशभर १० हजार ५५९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ६३ हजार ७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।