बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु

बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा भएको आक्रमणमा सात जनाको मृत्यु


काठमाडौं, ६ कात्तिक । बंगलादेशमा रोहिंग्या शरणार्थी शिविरमा भएको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ । बालुखली रोहिंग्या शिविरको पाठशालामा आक्रमणकारीले केहीलाई गोली र केहीलाई चक्कु प्रहार गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार संस्था अल्जजिराले जनाएको छ । चार जनाको घटनास्थलमै र अरु तीन जनाको उपचारका क्रममा ज्यान गएको हो । केही घाइते भएका छन् । घटनामा संलग्न पाँच जनालाई पक्राउ गरिएको र अरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मानव अधिकारवादी समूहले घटनाको पूर्ण छानबिन गर्न माग गरेका छन् । तीन हप्ता पहिले रोहिंग्या समुदायका एक नेताको उनकै कार्यालय अगाडि गोली हानी हत्या भएको थियो । त्यसयता म्यानमारबाट आएका ९ लाखभन्दा बढी रोहिंग्या शरणार्थीको बसोबास रहेको बंगलादेशी शिविर तनावपूर्ण अवस्थामा छ ।